
काठमाडौं, १९ असार । राप्रपा नेपालका अध्यक्ष कमल थाले प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।
थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको बताएका हुन् ।
उनले २०६३ पछिको धरातलीय यथार्थ ‘प्रचण्डको अभिव्यक्ति’ भएको भन्दै दु:ख व्यक्त गरेका छन् । ‘प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली जानुभयो । प्रम प्रचण्डको यस भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दु:खको कुरा के हो भने, यो भनाइ २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो,’ थापाले लेखेका छन् ।














प्रतिक्रिया