२९ आश्विन २०८३, बिहिबार

कामनपाभित्रका शिक्षण संस्थामा कांग्रेसको भ्रातृ संगठन नभएको बालेनको घोषणा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका कुनै पनि शिक्षण संस्थाहरूमा नेपाली कांग्रेसको भ्रातृ संगठन नरहेको घोषणा गरेका छन् ।

कांग्रेसका महामन्त्री हिजो सोमबार एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर महानगर प्रमुख बालेनले यस्तो घोषणा गरेका हुन् ।

‘माननीय गगन थापाज्यू, दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नुभयो,’ आज मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै महानगर प्रमुख बालेनले भनेका छन्, ‘नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पूरा गर्नुहोला माननीयज्यू ।’