३० आश्विन २०८३, शुक्रबार

सिटिजन्स बैंकका थप पाँच वटा शाखा सञ्चालनमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । सिटिजन्स बैंक इन्टरनेसनलले थप पाँच वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले संखुवासभाको खाँदबारी, तनहुँको दमौली, बर्दियाको गुलरिया, सल्यानको श्रीनगरमा र बैतडीको पाटनमा ‎एकसाथ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

थप पाँच वटा शाखासहित बैंकको शाखा संख्या १८८ वटा पुगेको छ ।

सुविधासम्पन्न यस शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नाका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।