३० आश्विन २०८३, शुक्रबार

‘प्रधानमन्त्री बनाउन दिल्ली गएको’ अभिव्यक्ति राष्ट्रिय स्वाभिमानविरुद्ध छ : सांसद गौतम

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ माग गरेकी छिन् ।

राष्ट्रिय सभाको आज मंगलबारको बैठकको शून्य समयमा गौतमले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भन्दै व्यक्तिविशेषलाई इङ्गित गर्दै दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेकी हुन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक रहेको धारणा व्यक्त गरेकी छिन् ।

मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीहरुले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनले भनाइ छ । उनले प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाई फिर्ता लिनुपर्ने माग गरेकी छिन् ।