
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार बिजी ब्याङ्क्वेट गंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मानसहित सदस्यता प्रदान गरेको हो ।
‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्वअध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कँडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेका हुन् ।
कार्यक्रममा गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिँदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रुपमै भित्रिन पाउँदा खुसी मिलेको बताए ।
यस्तै प्रमुख अतिथि अम्बर विरही गुरुङले प्रतिष्ठानको बर्तमान कार्यसमितिले उल्लेख्य रचनात्मक काम गरेको र यसरी अग्रजलाई सम्मान गर्दै प्रतिष्ठानको ओझिलो परिवार बनाउन तल्लीन अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिए ।
















प्रतिक्रिया