२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : छोरी भगाउनेको घरमा आगजनी, कठोर बन्दै निर्वाचन आयोग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित युवाले गैरदलित किशोरी भगाएको निहुँमा दलित युवकको घरमा आगजनी गरिएको छ ।

आगजनी कसले गरेको हो भन्ने यकिन नभए पनि प्रहरीले दलित युवासँग भाग्ने किशोरीका दाजु २१ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ । बहिनी भगाएको रिसमा उनैले दलित युवाको घरमा आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस्तै, निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई थप कडा बनाउनुपर्ने सुझावसहित विभिन्न निर्णय गरेको छ । जस अनुसार दुई पटक भन्दा बढी समानुपातिक सांसद बन्न नवाउने, प्रत्यक्ष निर्वाचनतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने, स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटामात्रै पदमा उम्मेदवारी दिदा महिला नै हुनुपर्नेलगायत विभिन्न निर्णय गरी मस्यौदा प्रस्ताव गरेको छ ।

यसैगरी आज नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको समेत मूल्य घटाएको छ । यस्तै केन्द्रीय अनुसन्धान व्यरो (सीआईबी)ले ललिता निवासको जग्गा हडप्ने प्रकरणका थप दुई जना आरोपीलाई पक्राउ गरेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–