
काठमाडौं, १८ असार । नेपाल आयल निगमले वर्ग र क्षेत्र अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले इन्धनको मूल्य घटाएको जानकारी दिएको हो ।
निगमका अनुसार घटेको मूल्य आजै राति १२ बजेटदेखि लागू हुने छ ।
निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।
यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ ।
डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।
यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया