
सुर्खेत, १८ असार । एमाले सचिव एवम् कर्णाली प्रदेशका इञ्चार्ज लेखराज भट्टले एमालेका नेता तथा कार्यकर्ताहरूले आत्मकेन्द्रित सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
कर्णाली प्रदेशस्तरीय जनवर्गीय संगठन बैठकलाई सोमबार सुर्खेतमा सम्बोधन गर्दै उनले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित आफू कर्णाली प्रदेश आएको बताउँदै एमालेका नेता तथा कार्यकर्ताले आत्मकेन्द्रीत सोच त्याग्नुपर्ने बताएका हुन् ।
इञ्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा व्यक्त गरे । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरुले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’ यस्तै, उनले पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन र दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको बताएका छन् ।
जनसंगठन समन्वय संयन्त्रका प्रदेश संयोजक टेकराज पछाईको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र निरज आचार्यलगायत नेताहरूले सम्बोधन गरेका थिए ।
बैठकमा कर्णाली प्रदेशमा क्रियाशील २० वटा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरु तथा संगठनका जिल्ला संयन्त्र संयोजकहरुले रिर्पोटिङ गरेका थिए ।















प्रतिक्रिया