
काठमाडौं, १८ असार । बागमती प्रदेश सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि प्रदेश सभाको अवरोध हटेको छ ।
बजेट असन्तुलित र विभेदकारी भएकाले सच्याउनुपर्ने माग राख्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो । त्यसपछि बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रतिपक्षी दलहरुसँग सहमति भएको भन्दै बजेट कार्यान्वयन गरेर जाने बताए ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित भयो भनेर सरकारले गल्ती महसुस गरेको बताएका छन् ।













प्रतिक्रिया