
काठमाडौं, १८ असार । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।
अफरमा ग्राहकहरूले ‘ई–एनएमबि’ एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्सफर गर्न सक्षम बनाउँछ ।
यो अफर यही साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ ।
एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्कबिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।













प्रतिक्रिया