२९ आश्विन २०८३, बिहिबार

सामाजिक कार्यका खटाउन रास्वपाले गठन गर्‍यो र्‍यापिड एक्सन टीम

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खटाउनका लागि पार्टीभित्र र्‍यापिड एक्सन टीम (आरएटी) गठन गरेको छ ।

सामाजिक कार्यमा खटिनका लागि गठन गरिएको टीम केन्द्रीय आरएटीको केन्द्रीय संयोजकत्वमा प्रदीप तिमिल्सिना (साजन शर्मा) छन् । टीमको उपसंयोजकमा प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल र कोषाध्यक्षमा कृष्णबहादुर थापा रहेका छन् ।

यस्तै सो टीमको समितिमा राम कृष्ण श्रेष्ठ, महमद हुसेन खान (मुन्ना), चिरञ्जिवी तिमल्सिना, रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, दीपा केसी बास्तोला र मिलनचन्द्र महत सदस्य छन् ।

आरएटीको केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने बताइएको छ । यो संरचना वडास्तरसम्म पुर्‍याउने तयारी रास्वपाको छ ।

दैवि प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि आरएटी परिचालन हुने भएको छ ।