
काठमाडौं, १७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले युएईविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतकमा नेपालले यूएईविरुद्ध जित निकालेको हो ।
जितका लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।
यो जितसँगै अब नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।













प्रतिक्रिया