
काठमाडौं, १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तत: आफूहरू फर्किने नेकपामै भएकाले एकताको अभियान चलाउनुपर्ने बताएका छन् ।
आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपामा नफर्किइ प्रतिगामीविरुद्ध लड्न मुश्किल पर्ने भन्दै एकताको प्रक्रिया आरम्भ गर्नुपर्ने बताएका हुन् ।
नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुन: एकताको अभियानमा लाग्नुपर्ने प्रचण्डको भनाइ छ ।
नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको निष्कर्ष प्रचण्डको छ । एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्नेमा उनका जोड छ ।













प्रतिक्रिया