१ कार्तिक २०८३, शनिबार

वेष्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिरियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पहिलो पटक आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाटै बाहिरिएको छ ।

जिम्बावेको हरारेमा शनिबार भएको विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।