
काठमाडौं, १६ असार । काठमाडौंको टोखा नगरपालिकाले नगर क्षेत्रभित्र वृक्षारोपण गरेको छ ।
नगरपालिकाको वडा नं. ११ स्थित गोरखकाली मन्दिर पछाडिको करिडोर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीको विशेष उपस्थितिमा भएको वृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसी, वडाध्यक्षहरू, स्थानीय टोलविकास संस्थाका सदस्यलगायत टोलबासीहरूको उल्लेख्य उपस्थिति थियो ।















प्रतिक्रिया