
काठमाडौं, १६ असार । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुन: काठमाडौं फर्काइएको छ ।
शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको विमान धनगढी पुगिसकेपछि पुन: काठमाडौं फर्काइएको हो ।
जहाजको हाइड्रोलिक फेल भएर धनगढीमा अवतरण गर्न नसक्ने भएपछि पुन: काठमाडौं नै फकाईएको हो । काठमाडौंमा अवतरणपछि पनि जहाज ट्याक्सी वेमा अड्किएको थियो। जहाजलाई तानेर पार्किङ वे मा पुर्याइएको थियो ।
जहाजका यात्रुलाई अर्को जहाजबाट धनगढी पठाइएको छ ।













प्रतिक्रिया