
काठमाडौं, १६ असार । मोरङमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरी पक्राउ परेका छन् ।
उनलाई हिजो शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि बलात्कार गरेका हुन् ।
यसैबीच, दाङमा २९ वर्षीया महिला पनि बलात्कृत भएकी छिन् । कहिलालाईब लात्कार गरेको अभियोगमा बबई गाउँपालिका–४ घर भई हाल बंगलाचुली गाउँपालिका–५ मुर्कुटी बजार डेरा गरी बस्ने ३९ वर्षीय ठकेन्द्र सुनार पक्राउ परेका छन् ।
उनलाई पनि हिजो शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया