
काठमाडौं, १६ असार । आज नेपालमा पहिलो संसद बैठक बसेको दिनको स्मरण गर्दै ६५औँ संसद् दिवस मनाइएको छ ।
२०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको हो ।
संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालको समन्वयमा संसद् भवन, नयाँ बानेश्वर बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपालको पहिलो संसद्को बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे प्रारम्भ भएको इतिहास छ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा २७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहने व्यवस्था छ ।
कार्यक्रममा सभामुख देवराज घिमिरेले राजनीति प्रतिष्पर्धा कार्यान्वयन गर्ने थलो संसद भएकाले जननिर्वाचित प्रतिनिधिहरुले सोही अनुसार भूमिका खेल्नुपर्ने बताए । उनले जनताको चाहना पूरा गर्न संविधान समेत संशोधन संसदले गर्न सक्ने भएकाले संसदलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।













प्रतिक्रिया