
मैदान (इन्डोनेसिया), १४ जेठ । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रा द्वीपमा बिहीबार भएको एक सडक दुर्घटनामा एक विद्यालयका सत्र जना बालबालिका मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
एक ट्रकमा यात्रा गरिरहेका ती बालबालिकामध्ये अन्य पाँच जना घाइते भएका पनि सो स्रोतले जानकारी दिएको छ ।
सो ट्रकमा करिब ३० जना बालबालिका यात्रा गरिरहेका थिए । सुमात्रा द्वीपको तपानउली जिल्लामा भएको यस दुर्घटनामा परेका बालबालिकाको उमेर भने प्रष्ट भएको छैन ।
यद्यपि प्राथमिक र उच्च माध्यमिक विद्यालयका यी बालबालिका १२ देखि १८ वर्षको हुनुपर्ने अनुमान गरिएको छ ।
ट्रक पल्टिएर भएको सो दुर्घटनामा परी सत्र विद्यार्थीको मृत्यु हुनुका साथै पाँच घाइते भएका र घाइतेमध्ये एकको अवस्था गम्भीर भएको स्थानीय प्रहरी अधिकारी एम स्याफिइले बताएका छन् । ट्रक चालक भने जीवितै रेहेको बताइएको छ ।
नाजुक अवस्थामा रहेको सडकका कारण इन्डोनेसियामा सडक दुर्घटनामा एक साधारण घटनाका रुपमा हुने गरेको बताइन्छ । रासस÷एएफपी















प्रतिक्रिया