२९ आश्विन २०८३, बिहिबार

एनएमबि बैंकको ‘एनएमबि खेती कर्जा’ सुरू, पाँच मिनेटमै कर्जा पाइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा ‘एनएमबि खेती कर्जा’ सुरू भएको छ ।

पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

यो योजनामार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा पाँच मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छनेछन् । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरुन् भन्ने हेतुले पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो कर्जा नेपालमा नै पहिलो पटक सुरू गरिएको बैंकले जनाएको छ ।

किसानहरूले आफूलाई आवश्यक कृषि बीउबिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरू खरिद गर्नका लागि यो कर्जा सरल किस्ताबन्दीमा बिनाधितो प्राप्त गर्न सक्नेछन् भने कर्जा प्राप्त गर्नका लागि कागजातहरू पेश गर्नुपर्ने झन्झट ब्यहोर्नुपर्ने हुँदैन ।

यो कर्जा पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरूले तीन महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्काे कर्जा तुरुन्तै प्र्राप्त गर्न सक्ने छन् ।

यस एनएमबि खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतीका महत्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ ।