
काठमाडौं, १५ असार । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपमार्केटका अध्यक्ष मिनबहादुर गुरुङसहित तीन जनालाई पक्राउ गर्नुको आधार र कारण माग गरेको हो ।
आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पक्राउ गर्नुको कारण माग गरेको हो ।
सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको इजलासले उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश जारी गरेको छ ।
ती तीन जनाले हदम्याद सकिएको विषयमा आफूहरुलाई पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र आफूहरुको मौलिक हक हनन् भएको दाबी गरेका थिए ।













प्रतिक्रिया