
काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दाङ्बेले पार्टीभित्र भएको आन्तरिक विवाद सार्वजनिक रुपमा छताछुल्ल पार्ने प्रयत्न गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रममा सहभागी भएका उनले पार्टीका कतिपय निर्णयहरू आफूहरूलाई थाहै नहुने र भएका निर्णय समेत चित्त नबुझ्दो भएको भन्दै पार्टी नेतृत्वहरूको विरोध गरेका हुन् ।
पार्टीका दुईवटै उपसभापति सरकारका जानुको कारणबारे आफूलाई कुनै जानकारी नभएकोप्रति आक्रोश व्यक्त गर्दै उनले कांग्रेस विधि र पद्धतिमा नचले समस्या आउने चेतावनी समेत दिएका छन् । एउक जना उपसभापति सरकारमा गए पनि अर्को एक जनाले पार्टीकाृ नेतृत्व सम्हाल्नुपर्ने उनको भनाइ छ ।
उनले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएकोप्रति पनि आक्रोश व्यक्त गरेका छन् ।
कार्यक्रममा अन्य कांग्रेस नेताहरुले पार्टीप्रति आम कार्यकर्ता र जनताले गरेको अपेक्षा पूरा गर्नका लागि नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
हेर्नुहोस् आङ्दाङ्म्बेको भनाइ–















प्रतिक्रिया