
काठमाडौं, १५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर धान रोपाइँ मेलामा सरिक भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले असार १५ का अवसरमा ओयोजना गरिएको रोपाइँ मेलामा सहभागिता जनाएका हुन् ।
उनले हात र मेसिन दुवै तरिकाबाट धान रोपेका छन् । सयौं रोपाहार र बाउसेहरूको साथमा ओलीले धान रोपेका हुन् ।
अध्यक्ष केपी ओली राष्ट्रिय धान दिवस मनाउनकै लागि हिजो बिहीबार साँझ चितवन पुगेका हुन् । उनले आज हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन् ।
नेकपा एमाले चितवनका नेता सुरज थपलियाका अनुसार अध्यक्ष ओलीले आज बिहान गेस्ट हाउस चौरमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
यस्तै, अध्यक्ष ओली भरतपुर २४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा धान रोपाई कार्यक्रममा सहभागी भइ रामपुर कृषि क्याम्पसमा दिउँसो युवा, विद्यार्थी र किसान उद्यमीहरुसँग अन्तरक्रिया कार्यक्रममा विशेष सहभागी हुनेछन् ।
हेरौँ केही तस्वीरहरू–



















प्रतिक्रिया