२९ आश्विन २०८३, बिहिबार

अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ : कृषिमन्त्री भुसाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय कृषि अनुसन्धान परिषदले आज शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीभुसाले एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालीको जीवनयापन परिवर्तन हुँदै जाँदा उत्पादनमा ध्यान दिन नसकिएको र जमिन बाँझो रहन पुगेको धारणा व्यक्त गरे । भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले बाझो जमिन उत्पादनका निम्ती यस पटक मन्त्रालयले केहि बजेट छुट्टाइएको जानकारी दिए । राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको उनले बताएका छन् ।

यसैगरी, मन्त्री भुसालले कृषि सामग्री संस्थानका ४१ डिपोसँग र साल्ट टे«डिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने स्पष्ट पारेका छन् ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे । यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको हो ।