२९ आश्विन २०८३, बिहिबार

एमालेलाई बदनाम गर्न जलहरीको विषय उचालियो : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

आज बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् ।

उनले संसदमा एमालेलाई बद्नाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भए पनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे । ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भए पनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताए । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।