३० आश्विन २०८३, शुक्रबार

पहिचानवादीहरूद्वारा एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १४ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले इलाममा आक्रमणको प्रयास गरेका छन् ।

भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईमाथि पहिचान पक्षधरहरूले आक्रमणको प्रयास गरेका हुन् ।

आक्रमणकारीहरूले भट्टराईलाई कालो झण्डा देखाउनाका साथै आक्रमणको प्रयास समेत गरेका थिए ।

‘आजको लोकतन्त्र, उपलब्धि र चुनौती’ विषयक अन्तरसंवादमा भाग लिन भट्टराई इलाम पुगेका थिए । उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम थियो ।