३० आश्विन २०८३, शुक्रबार

नेकपा एमालेको केन्द्रीय कार्यालयमा सैनिक–प्रहरी सङ्गठनद्वारा वृक्षरोपण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षरोपण गरिएको छ ।

नेपाल भूतपूर्व सैनिक–प्रहरी सङ्गठनले आज बिहीबार आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताए । जलवायू परिवर्तनका कारण विश्वमा वातावरणमाथि सङ्कट देखिएको अवस्थामा वृक्षरोपण जस्तो महत्वपूर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा ओलीले सैनिक–प्रहरी सङ्गठनलाई धन्यवाद दिए ।

यसैगरी, सङ्गठनका अध्यक्ष पूर्वसहायक रथी विनोद पाण्डेले जन्मजयन्ती कार्यक्रममा मनोहरा नदी आसपासको सरसफाइका साथै १५० फलफूलजन्य, रुद्राक्ष र अन्य विरुवाहरु रोपिने बताए ।

सैनिक–प्रहरी सङ्गठनले रक्तदान, बजार, सामुदायिक सस्था र राजमार्गहरुको सरसफाइ, वृक्षरोपण, फलफूल वितरणलगायत विविध रचनात्मक सप्ताहका रुपमा कार्यक्रम आयोजना गरी मदन जयन्ती मनाइरहेको पनि उनले जानकारी दिए ।