
काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीलाई बजेट पास गर्न सहयोग मागेका छन् ।
संसद भवनस्थित शंकर हलमा जसपाको बैठक बसिरहेका बेला बैठकमै पुगेर प्रचण्डले सहयोग मागेका हुन् ।
जसपाले उठाएका माग पूरा गर्ने वाचा गर्दै बजेटको पक्षमा मतदान गर्न प्रचण्डले आग्रह गरेका हुन् ।
‘म प्रधानमन्त्री नै आएर भनें, तपाईँहरूको माग पूरा गर्ने जिम्मा मेरो भयो, अहिले बजेट पास गरौँ,’ प्रचण्डले भने ।















प्रतिक्रिया