
काठमाडौं, १३ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनीका मालिक मीनबहादुर गुरूङसहित चारजनालाई अदालत लगिएको छ ।
प्रहरीले चारजनालाई म्याद थपका लागि अदालत लगेको हो । मंगलबार प्रहरीले सातजनालाई पक्राउ गरेकामा तीन जना भने रिहा भएका छन् ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट पहिलै ‘स्टे अर्डर’ लिएको पाइएपछि उनीहरूलाई हिजै रिहा गरिएको हो ।















प्रतिक्रिया