
काठमाडौं, १२ असार । बालुवाटारको सरकारी जग्गा ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मंगलबार पक्राउ परेका तीनजनालाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले पक्राउ पर्ने सुइँको पाएपछि पहिलै अदालतबाट ‘स्टे अर्डर’ लिएर बसेको पाइएपछि प्रहरी रिहा गर्ने तयारी गरको हो ।
अदालतले दिएको स्टे अर्डरमा उनीहरूलाई ‘पक्राउ नगर्नु, नगराउनु’ भन्ने आदेश दिइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार मात्रै सात जनालाई पक्राउ गरेको हो ।















प्रतिक्रिया