
काठमाडौं, १२ असार । बालुवाटारस्थिर सरकारी जग्गा ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा पक्राउ परेका तीनजनाले पक्राउ पर्ने थाहा पाएपछि पहिलै अदालतबाट ‘स्टे अर्डर’ लिएर बसेको पाइएको छ ।
मंगलबार बिहान पक्राउ परेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीले स्टे अर्डर लिएर बसेको पाइएको हो ।
अदालतले दिएको स्टे अर्डरमा उनीहरूलाई ‘पक्राउ नगर्नु, नगराउनु’ भन्ने आदेश दिइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार मात्रै सात जनालाई पक्राउ गरेको हो ।















प्रतिक्रिया