
काठमाडौं, १२ असार । बालुवाटारको सरकारी जग्गा ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मंगलबार मात्रै पाँचजना पक्राउ परेका छन् ।
प्रहरीले भाटभटेनीका मालिक मीनबहादुर गुरूङसहित पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका अन्य चारजनामा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन्।
उनीहरूलाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया