
काठमाडौं, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि र रोपाइँलाई परम्परा र निर्वाहको माध्यममा मात्र सीमित गर्न नहुने बताएका छन् ।
आज सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले कृषिलाई अर्थतन्त्र, रोजगारी, उद्यमशीलता र कमाइको माध्यम बनाउनुपर्ने उल्लेख गरेका हुन् ।
‘मनसुनसँगै देशभर धान रोपाइँको याम सुरू भएको छ । टिकटकलगायत सामाजिक सञ्जालमा देखिएका भिडिओ र तस्वीरहरूले मलाई किशोरकालमा खेतमा गएर हिलो खेलेको, बाउसे गरेको र खेत जोतेको सम्झना आइरहेको छ,’ अध्यक्ष ओलीले भनेका छन्, ‘अब हामीले कृषि र रोपाइँलाई परम्परा र निर्वाहको माध्यममा मात्र सीमित राख्नु हुँदैन । कृषिलाई अर्थतन्त्र, रोजगारी, उद्यमशीलता र कमाइको माध्यम बनाउनु पर्छ ।’
अध्यक्ष ओलीले राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कृषि विश्वविद्यालयका विद्यार्थीसँग कृषिसम्बन्धी छलफल गर्ने तयारी गरेका छन् ।













प्रतिक्रिया