
काठमाडौं, ११ असार । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
हाल कायम चुक्त पुँजीको १ बराबर १ को अनुपातमा शेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
उक्त शेर निष्काशन गर्न कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिव्यश्वरी हाइड्रोपावर कम्पनीबीच हिजो आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतमा मेगा क्यापिटलको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् । यस्तै, कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ ।













प्रतिक्रिया