२९ आश्विन २०८३, बिहिबार

‘अर्थ र कानुन मन्त्रालयको परामर्शपछि संघीय निजामती सेवा ऐन अघि बढाउँछौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिटै अघि बढ्ने बताएका छन् ।

आज सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिदै मन्त्री मोदीले संविधान अनुसार प्रशासनलाई अघि बढाउनका लागि संघीय निजामती सेवा ऐन छिटै अघि बढ्ने बताएका हुन् ।

अहिले उक्त ऐन परामर्शका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा रहेकाले परामर्शसहित प्राप्त भएपछि सदनको चालू अधिवेशनमा नै पेश गर्ने उनले बताए ।

मन्त्री मोदीले संघीय निजामती सेवा ऐनमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा कार्यदलसमेत गठन भएको उल्लेख गरेका छन् । सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको, सुगम स्थानमा मात्रै बस्ने र दुर्गममा नजाने कर्मचारीको व्यवस्थापनका लागि एक कार्यदल गठन गरिएको जानकारी उनले दिएका छन् ।

मन्त्री मोदीले चालू आर्थिक वर्षमा आफ्नो मन्त्रालयको बजेट घटेर आएकाले माग अनुसार कार्यक्रम तर्जुमा गर्न कठिन भएको बताए ।