१७ कार्तिक २०८३, मंगलबार

गणतन्त्र दिवसमा राष्ट्रपतिको भिडियो सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr_Ram_Baran_Yadavकाठमाडौँ, १४ जेठ । राष्ट्रपति डा रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिनुहुने भएको छ ।

विगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आउनुभएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लाग्नुभएको उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । सो सन्देश साँझ ७ बजे शीतल निवासबाट दिइनेछ ।

भूकम्पका कारण भएको क्षतिका बारेमा केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले दिवसका अवसरमा विगतमा झैँ यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् । रासस