३ कार्तिक २०८३, मंगलबार

गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार (भिडियो)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ ।

कार्यक्रमको लागि रोमानिया पुगेका गायक सपुतमाथि गीत गाउने क्रममा बियरको बोतल प्रहार भएको हो ।  उनीमाथि बोतल प्रहार भएको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बोल माया गीत गाइरहेको बेला उनीमाथि बियरको बोतल प्रहार भएको थियो । बोतल टाउकोमा लागेपछि स्थिति असामान्य भएको थियो । तर केही समय पछि गायक सपुतले बोतल प्रहार गर्नेलाई केही नगर्न अुनरोध गर्दै माफी दिएर पुन गीत गाउन सुरु गरेका थिए ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।