
काठमाडौं, १० असार । नेपाल टेलिकमले आफ्नो एफटीटीएच सेवा माग गर्दा कम्पनीको नि:शुल्क नम्बर १९८–१ (१९८) प्रयोग गर्न ग्राहकलाई आग्रह गरेको छ ।
उक्त नम्बरमा डायल गरी प्राप्त सन्देशपश्चात ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवम् सेवाको माग दर्ता गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररुपमा गरिरहको छ ।
यसका बाबजुद अझै पनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको कम्पनीको भनाइ छ । सेवाग्राहीहरुको मागलाई दृष्टिगत गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा नि:शुल्क नम्बर १९८–१ (१९८) उपलब्ध गराइएको हो ।
भोलि सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहाने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।













प्रतिक्रिया