३ कार्तिक २०८३, मंगलबार

काठमाडौं महानगरद्वारा २५ अर्ब ५४ करोडको बजेट सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ।

आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिताकता दिइएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनले पूर्वाधार क्षेत्रमा सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको बताए ।

उनले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा दिने र सहुलियत दरमा औषधी उपलव्ध गराउन योजना तर्जुमा गरिएको जानकारी दिइन् । उनले वडा समितिको काम कर्तव्य र अधिकारलाई अझ प्रभावकारी बनाउन केही कार्यक्रम वडाबाटै सञ्चालन गर्न दुई अर्व भन्दा बढी बिनियोजन गरिएको जानकारी दिइन् ।

विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम र आवश्यक उपकरण खरिद गर्न ३ करोड भन्दा बढी बिनियोजन गरिएको छ ।

त्यस्तै वातावरणमैत्री, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्वनलाई आगामी बर्षको बजेटमा प्राथमिकताका राखेर अघि बढाइने उल्लेख गरिएको छ ।