
काठमाडौं, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता रविकिरण हमालले राप्रपाबाहेक अरू सबै दल मिलेर सरकार बनाउन चुनौती दिएका छन् ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्तासमीकरण बदल्न सकिने अभिव्यक्ति दिएपछि त्यसको जवाफ फर्काउँदै हमालले राप्रपाबाहेकका दलहरू मिलेर सरकार बनाउन चुनौती दिएका हुन् ।
किरणले राप्रपा बाहेकका शक्ति मिलेर सरकार बनाउन सुझाव दिदै भनेका छन्, ‘राप्रपाबाहेक सबै मिलेर सरकार बनाउँदा राम्रो होला । देशलाई लुट्ने, स्वाभिमान गिराउने र आफ्नो स्वार्थ नै सर्वोपरि ठान्नेहरू मिलेर जाउ ।’
उनले काङ्ग्रेसलाई भनेका छन्, ‘काङ्ग्रेसले सत्ता समीकरण बदल्ने कुरा गरेछ, एउटा कम्युनिष्टलाई हटाएर अर्को कम्युनिष्ट पार्टीसँग सत्ता खडा गर्नुमा के फरक हुन्छ ?’ उनले नैतिकता नभएको राजनीतिमा मात्रै यस्तो काम हुने प्रतिक्रिया दिएका छन् ।
अहिलेको परिस्थितिलाई सम्हाल्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको नेतृत्व गर्नुपर्ने विचार उनले व्यक्त गरेका छन् ।













प्रतिक्रिया