२९ आश्विन २०८३, बिहिबार

एमाले ‘मिसन फिप्टी वान २०८४’ का साथ अघि बढेको छ : प्रचार प्रमुख गौतम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ९ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा एमाले ‘मिसन फिप्टी वान २०८४’ का साथ अघि बढेको बताएका छन् ।

नेकपा एमाले मधेश प्रदेशको प्रदेशस्तरीय प्रचार भेलालाई आज सर्लाहीमा सम्बोधन गर्दै उनले देशमा राजनीतिक अस्थिरता बढेका कारण जनताको जनजीवीका र विकासका मुद्दा ओझेलमा परेको तथा त्यसबाट मुक्ति दिलाउन आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउनुपर्ने बताएका हुन् ।

यस्तै, उनले मधेशको हकमा एमालेबाहेक अरुले ठग्ने काम मात्रै गरेको बताउँदै ठग्ने कामलाई जनताका बीचमा स्थापित गर्दै एमालेका जनप्रतिनिधिहरुले काम गर्नुपर्ने विचार व्यक्त गरे । उनले पार्टीले प्रचार, पार्टी स्कूल र जनसंगठनलाई विशेष फोकस गरेको भन्दै त्यसअनुसारको योजनासहित परिणाममुखी काम गर्नुपर्ने बताए ।

विभाग प्रमुख गौतमले प्रचार विभागले अहिले पार्टीविरुद्ध भइरहेको आक्रमण र वर्तमान चुनौतीको सामना गर्ने गरी योजना बनाइरहेको जानकारी दिए ।