२९ आश्विन २०८३, बिहिबार

दक्षिणपन्थी गठबन्धनसँग लडेको एमालेका लागि मोर्चा केही पनि होइन : पद्मा अर्याल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ९ असार । नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालले दक्षिणपन्थी गडबन्धनसँग लडेर विजय हासिल गरेको एमालेका लागि अहिले बनेको समाजवादी मोर्चा सामान्य रहेको बताएकी छिन् ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको बैठकलाई सम्बोधन गर्दै आज उनले एमालेविरुद्ध विभिन्न प्रकारको घेराबन्दीको क्रम चलिरहेको र त्यसविरुद्ध सशक्त भएर लाग्नुपर्ने बताइन् । एमालेविरुद्धको घेराबन्दीकै क्रममा पछिल्लो समय समाजवादी मार्चा बनेको उनको भनाइ छ ।

यस्तै, उनले नेकपा एमालेको सिद्धान्त ठिक भएर पनि सिद्धान्तलाई व्यावहारमा उतार्न समस्या भइरहेको चर्चा गर्दै एमालेको सिद्धान्तलाई व्यावहारमा उतारेर समाजको नमूनायोग्य बनाउन लाग्नुपर्ने बताइन् ।

बैठकमा उनले पार्टी सदस्यता नवीकरण तोकिएको समयकै सक्नुपर्ने तथा पार्टीको वार्षिक कार्ययोजना व्यावहारिक र कार्यान्यन गर्न सकिने खालको बनाउन निर्देशन दिएकी छिन् ।

बैठकमा पोलिटब्युरो सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्यहरु लक्षमण ज्ञवाली, चेतनारायण आचार्य लगायतका नेताहरु सहभागी थिए ।