
सर्लाही, ९ असार । नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सीट हासिल गर्ने दाबी गरेका छन् ।
आज शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ०८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सीट हासिल गरेर सरकार बनाउने दाबी गरेका हुन् ।
उनले अहिलेको जस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धराशयी बनाउने कार्यलाई बन्द गरिने जिकिर पनि गरेका छन् । अहिले संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनको भनाइ छ ।
यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भए पनि मधेशका नेता तथा कार्यकताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताए ।
उनले केही समयअघि मधेशकै नाममा मुलुक विभाजन गर्न खोजेको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको धारणा व्यक्त गरे ।













प्रतिक्रिया