
काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालमा असहिष्णु भएर गालिगलौजमा नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा धादिङ–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले समर्थकले तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए ।
लामिछानेले आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा धादिङ–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।
उनले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे । नागरिकका मुद्धाहरुमा दरो उपस्थिति आफँैमा गहन कुरा भएकाले पाँच बर्षको हिसाब व्याजसहित जनतालाई देखाउने उनको भनाइ छ । उनले संस्थागत रूपमा नै भिन्न ढंगले नयाँहरूलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे ।
नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफूहरूको कुनै लडाई नरहेको लामिछानेले स्पष्ट पारे । लामिछानेले आफूहरुको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गरे ।















प्रतिक्रिया