२९ आश्विन २०८३, बिहिबार

सरकार असफल भयो, जनताले नै विकल्प खोज्न थालिसके : एमाले प्रचार प्रमुख गौतम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको कारण विकल्पको बारेमा बहस हुन थालेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले आजदेखि सुरू गरेको अन्तरसंवादमा उनले विभिन्न कोणबाट अहिलेको सरकार असफल भइसकेको बताएका हुन् ।

तर, नेकपा एमाले अहिले सरकार परिवर्तनको खेलमा नलागेको स्पष्ट पारेका छन् । उनले सरकारका कारण मुलुक नै असफल बन्न थाल्यो भने जिम्मेवार दलले टुलुटुलु हेरे बस्न नमिल्ने बताए ।

प्राकृतिक विपत्तिमा पर्याप्त उपस्थिति देखाउन नसकेको, जनजीवीकाको सवालमा जवाफदेहिता नदेखाएको, राष्ट्रियताको विषयमा मुकदर्शक बनेकोलगायत घटनाले अहिलेको सरकार असफल बनेको र जनता नै विकल्पको पक्षमा देखिन थालेको उनको भनाइ छ । यस्तै, उनले समाजवादी मोर्चालाई कांग्रेस तर्साउने खेलको संज्ञा दिए ।

राजनीतिक, सामाजिक र आर्थिकलगायत समसामयिक विषयलाई केन्द्रित गरेर प्रेस चौतारी नेपालले अन्तरसम्वादलाई निरन्तरता दिने अध्यक्ष गणेश बस्नेतले बताए ।