
काठमाडौं, ८ असार । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
बलात्कार गरेको अभियोगमा प्रहरीले नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई आज शुक्रबार बिहान पक्राउ गरेको छ ।
सिलवाले गत सोमबार ती किशोरीलाई ललाई–फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया