२९ आश्विन २०८३, बिहिबार

सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूले केबलकार यात्रामा छुट पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूले विभिन्न स्थानका केबलकार यात्रा गर्दा छुट पाउने भएका छन् ।

आईएमई ग्रुपअन्र्तगतका केवलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारमा उनीहरूले छुट पाउने भएका हुन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीन वटै केवलकार कम्पनीहरूले छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेसँगै सो छुट उपलब्ध हुने भएको हो ।

सम्झौता अनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्र्तगत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनु पर्ने छ ।