
काठमाडौं, ८ असार । एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकहरूको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरूवात गरेको छ ।
यो सेवा सुरू भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम एनआईसी एशिया बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन् ।
यो सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि ‘एनआईसी एशिया मो–बैंक’ भित्रको ‘रेमिट्न्स’ आइकनमा ट्याप गरेर ‘रिसिभ रेमिटेन्स’ भित्र आफूलाई प्राप्त रकम र ‘युनिक पिन’ नम्बर राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ ।
यो सेवा लिने ग्राहकले रेमिटेन्स रकम बुझ्नकै लागि बैंकमा उपस्थित भइरहन नपर्ने बैंकको भनाइ छ ।
एनआईसी एशियाले डिजिटल फष्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया