
काठमाडौं, ७ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहकहरुले आदर्शनगर, वीरगञ्जमा अवस्थित क्याफे मोकाका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । यसैगरी ब्राहम चोक, वीरगञ्जमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरुमा पनि अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन् ।
साथै, आदर्शनगर, वीरगंजमा अवस्थित माल्ट एण्ड माल्ट प्रा.लि. का सेवाहरुमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंकले देशभर १८४ वटा शाखा, तीन वटा विस्तारित काउण्टर, १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया