२९ आश्विन २०८३, बिहिबार

कपास विकास समिति खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ७ असार । नेकपा एमालेले बाँकेको खजुरामा अवस्थित कपास विकास समिति खारेज गर्ने गठबन्धन सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

आज नेपालगञ्जमा बसेको नेकपा एमाले जिल्ला कमिटी बाँकेको आठौं पूर्ण बैठकले कपास विकास समिति खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको हो ।

पार्टी सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यता र पोलिटव्युरो सदस्य तथा बाँके इञ्चार्ज खेममान खडकाको विशेष आतिथ्यता बसेको बैठकले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने, मातहत कमिटी र विभागका बैठकहरूको आयोजना गर्ने, वार्षिक कार्ययोजना तय गर्ने, केन्द्र र प्रदेशको अन्तरपार्टी निर्देशनलाई रचनात्मक तरिकाले लागू गर्नेलगायत निर्णय गरेको जिल्ला कमिटीका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

बैठकमा पार्टी केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली, महमद हारुण हलवाई, शान्ति ढकाल, दीपा शर्मा, पशुपति दयाल मिश्र, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय निकायका सदस्यहरु प्रदेश कमिटी सदस्यहरूको समेत उपस्थिति रहेको अध्यक्ष कक्षपतिले बताए । उनका अनुसार बैठकले प्रदेश र जिल्लाका नयाँ इञ्चार्जहरुलाई स्वागत गरिएको छ ।

साथै, बैठकका क्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने दर्जनौँ व्यक्तिहरूलाई सचिव पद्मा कुमारी अर्याललगायत नेताहरूले टीका र माला लगाएर पार्टीमा स्वागत गरेको पनि अध्यक्ष कक्षपतिले जानकारी दिए ।